24.1 C
Kathmandu

समाचारदाङ तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

दाङ तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिए ।

उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्