19.1 C
Kathmandu

समाचारथप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा थप ९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै ९ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ ।

मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरु सबै पुरुष हुन् । अधिकारीका  अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

यसअघि बिहिबार साँझ काठमाडौंको दहचोक निवासी ७ वर्षीय बालक, धनुषा जनकपुरकी १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको थियो  ।

 

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्