21.1 C
Kathmandu

ब्रेकिङ समाचारतामाङ चलचित्र संघको छैटौं महाधिबेशन सम्पन्न, अध्यक्षमा नायक कुमार मोक्तान

तामाङ चलचित्र संघको छैटौं महाधिबेशन सम्पन्न, अध्यक्षमा नायक कुमार मोक्तान

२२ असोज २०७८

काठमाडौनेपाल तामाङ चलचित्र संघको १२ औं बार्षिक साधारण सभा तथा छैटौं राष्ट्रिय महाधिबेशन सम्पन्न भएको छ । शुक्रवार काठमाडौ स्थित राष्ट्रिय नाचघर जमलमा सम्पन्न महाधिवेशनले नायक कुमार मोक्तानलाई सार्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको छ ।

‘हाम्रो चलचित्र मौलिक चलचित्र,राष्ट्र निर्माणमा तामाङ चलचित्र’ भन्ने मूल नारा रहेको यस तामाङ चलचित्र संघको पांचौ महाधिवेशन बाट खलनायक बिकु थोकर अध्यक्षको रुपमा निर्वाचित भएको थियो भने यस पटकको छैटौं महाधिवेशनबाट नायक कुमार मोक्तानलाई अध्यक्षमा सर्वसहमतिबाटै निर्वाचित गरेका हुन् । उपाध्यक्षमा भुईसल लामा, दिपक लामा, अजय स्याङ्तान् र जयन कुमार मोक्तान निर्वाचित भएका छन् । त्यसै गरि महासचिवमा नायिका सुनिता लुङ्वा, सचिवमा ऋतुराज पाख्रिन, कोषाध्यक्षमा अनिता तामाङ, सह–कोषाध्यक्षमा अमर लामा, सदस्यहरुमा क्रमशः

सुस्मा मोक्तान, विनय लोप्चन, युद्ध लामा, सञ्जय हुत्ता, पुजा लामा, डिवि दोङ, आईते सिङ तामाङ(निमा लामा), विक्रम लामा, दिपक तामाङ, टुल्साङ मोक्तान, उतर लामा, माया मोक्तान, शर्मिला घिसिङ, लक्ष्मी ग्याबा, ङेमा लामा(निमा), नयन बहादुर तामाङ, बाबुराम थिङ, पदम दोङ, अभि लामा, उर्मिला वाईवा, जोगलाल लामा, सुनिता दोङ, मायादेवी मोक्तान लगायत २९ सदस्यीय कार्यसमिति चयन गरिएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्