23.1 C
Kathmandu

ब्रेकिङ समाचारजनतालाई उद्यमी बनाउने चौरी देउराली गाउँपालिकाको योजना

जनतालाई उद्यमी बनाउने चौरी देउराली गाउँपालिकाको योजना

१६ मंसिर २०७८,

काठमाडौँ । काभ्रेको चौंरीदेउराली गाउँपालिकाको जनतालाई उद्यमी बनाउने अभियानलाई निरन्तर दिदै सञ्चालनमा ल्याएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्गर्तत गाउँपालिकाले यो अभियानलाई निरन्तर दिएको हो ।

स्थानीय साधनस्रोतको उपयोग गरी उद्यमी बनाउने अभियान अन्तर्गत बुधबार वडा नं. ९ मा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईंले गाउँपालिकाले जनतालाई उद्यमी बनाउने अभियानमा तालिमको व्यवस्था गर्न लागिपरेको बताईन् । स्थानीय साधन स्रोतबाटै आयअर्जन गरेर स्वरोजगार र उद्यमी बनाउदै आर्थिक क्रान्तिमा गाउँपालिका लागिपरेको उपाध्यक्ष चौंलागाईंले अभियानको क्रममा बताए ​।

कम्तीमा २ सय जनालाई उद्यमी बनाउने योजना रहेको नमोबुद्घ न्युजलाई जानकारी दिएको छ ।

कार्यक्रममा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले स्थानीय साधनस्रोत प्रयोग गरेर उद्यमी बनाउने योजना अनुरुप गाउँपालिकाले योजना ल्याएको प्रष्ट पारे । स्थानीयको चाहना र माग अनुसारको बस्तु उत्पादनमा लाग्न सहभागीहरुलाई लामाले अनुरोध गरे ।

कार्यक्रममा वडा अध्यक्ष रामबहादुर लामाले आर्थिक रुपमा आत्मनिर्भर बनाउन वडाका किसानहरुलाई कार्यक्रमले निक्कै टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

यस योजना अन्तर्गत स्थानीयलाई ३ वर्षभित्र उद्यमी बनाउने लक्ष्य रहेको वरिष्ठ उद्यमी बिकास सहजकर्ता बीरबहादुर सार्कीले जानकारी दिए ।

कार्यक्रम गाउँपालिकाको वडा नं. १, २, ४ र ९ मा सञ्चालन हुनेछ भने बाँकी वडाहरुमा भने अर्को वर्षबाट कार्यक्रम सन्चालन हुनेछ ।

गतबर्ष गाउँपालिकाले वडा नं. ५ र ३ बाट शुरु गरेको थियो । शुरु गरेको वडाहरुमा यो वर्ष स्तरबृद्धि गर्ने कार्यक्रम रहेको उपाध्यक्ष चौंलागाईंले बताईन् । गतवर्ष वडा नं. ५ मा डलकुशन, अगरबत्ती र बाख्रापालनको लागि २०÷२० जना स्थानीय किसान छनौटमा परेका थिए । त्यस्तै वडा नं. ३ मा बाख्रापालन र वंगुर पालन कार्यक्रम सन्चालन भइरहेको छ । यहाँ पनि सोही संख्यामा स्थानीय किसान छनौटमा परेका छन् ।

कार्यक्रममा उद्यम विकास सहजकर्ता निर्मला शाही, माओवादी केन्द्रका वडा अध्यक्ष भिमनाथ चौंलागाईं, उपाध्यक्ष भिमबहादुर तामाङ लगायतका सहभागी थिए ।


वडा अध्यक्ष लामाको सभापतित्वमा स्थानीय सरोज लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्