30.1 C
Kathmandu

ब्रेकिङ समाचारचौंरीदेउरालीको गोठपानीमा कृषि सडक उद्घाटन

चौंरीदेउरालीको गोठपानीमा कृषि सडक उद्घाटन

२९ कार्तिक २०७७
काठमाडौ
–काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष दिननाथ गौतमले रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडक उद्घाटन गरेका हुन् ।

करिब ८ लाख बजेटमा निर्माण सम्पन्न भएको उक्त सडकको अध्यक्ष गौतमले दियो बालेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता आफूहरुले पूरा गरेको बताए । ‘हामीले निर्वाचनको क्रममा मुख्यतः यहाँको खानेपानी समस्या, बत्तिको समस्या र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका थियौं ।’ गौतमले भने, ‘खानेपानी, बत्ति र सडकको समस्या हामीले पूरा गरेका छौं । आउने दिनहरुमा पनि तपाईंहरुको साथमा सधैं रहने छौं ।’
अध्यक्ष गौतमले आफ्नो कार्यकालमा जनताको हरेक समस्याको सम्बोधन हुने विस्वास दिलाए ।

त्यसैगरि उपाध्यक्ष ताराकुमारी चौंलागाईंले आफूहरु यस भेगमा आउँदा देखेका समस्याहरु एक–एक गरि पूरा गर्दै आएको बताइन् । ‘हामी यहाँ आउँदा खानेपानीमा समस्या देखेका थियौं । बत्तिको पनि समस्या देखेका थियौं ।’ चौंलागाईंले भनिन्, ‘आज तपाईंहरुकै माग र आवश्यकता अनुसार यो काम सम्पन्न भएको छ ।’

यसैबीच उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा चौंरीदेउरालीको ‘कर्णाली’ को रुपमा सबै बुझेपनि हाल विकासले फड्को मारेको बताए । ‘यो वडा ‘कर्णाली’को रुपमा रहेकोमा अब विकास उन्मुख दिशामा लान हामी सफल भएका छौं ।’ वडा अध्यक्ष लामाले भने, ‘राणा शासनदेखि हालसम्म पनि यस भेगमा कुनै विकास निर्माण नभएको गुनासो जनताको रहेकोमा हाल त्यो गुनासो सुनेको छैन ।’ लामाले यस वडाका जनताको आधारभूत समस्याहल भएको बताउँदै अब अरु समस्या पनि समाधान गर्दै जाने बताए । उक्त सडकले वडा देखि गाउँपालिका केन्द्र जोड्छ भने मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यो सडक निर्माण भएपछि स्थानीय खुशी भएका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्