23.1 C
Kathmandu

कला/ साहित्यगोपाल सोनामको घुम्नलाई राम्रो राजधानी भिडियो सहित सार्वजनिक गर्ने तयारी

गोपाल सोनामको घुम्नलाई राम्रो राजधानी भिडियो सहित सार्वजनिक गर्ने तयारी

२२ असोज २०७८/छेडुप तामाङ

काठमाडौ । गीतसंगीतको बजारमा पछिल्ला समय नयां नयां भिडियोको बाढी नै आएको छ । दिनहुं जसो फरक फरक धारका गीतहरुको भिडियोहरु सार्वजनिक भैरहेको छ । कुनै दिन त तामाङ गीतसंगीतको बजारमा मात्र एकै दिनमा ३/४ वटा सम्म म्युजिक भिडियोहरु सार्वजनिक भैरहेको छ । यसै क्रममा गायक गोपाल सोनाम तामाङले नयां तामाङ सेलो गीत ‘घुम्नलाई राम्रो राजधानी’ छायंकन सम्पन्न गरेको छ ।

उक्त गीत गोपाल सोनामको आफ्नै जन्मथलो काठडमाडौको अति नै सुन्दर मनोरम ठाउं तारेभिरमा केही दिन अघि मात्रै छायंकन सम्पन्न गरेको छ । बिपिन मर्मको शब्दमा प्रकाश लामाको संगीत रहेको सेलो गीत घुम्नलाई राम्रो राजधानीमा चर्चित गायिका शसिकला मोक्तान र गोपाल सोनाम तामाङको आवाज रहेको छ भने भिडियो तर्फ तामाङ चलचित्र जगतको महानायकको रुपमा चिनिएका नायक तथा निर्देक अमिर दोङको निर्देशनमा गायकद्धय गोपाल सोनाम तामाङ को साथमा सिशम गोलेको अभिनय संगै सुन्दर नृत्य समेत हेर्न पाउनेछ ।

गायक गोपाल सोनामको आफ्नै गाउंका युवायुवतीहरुलाई समेत पहिलो पटक यस गीतको भिडियोमा नचाउने गायक र निर्देकले निक्कै जमर्को गरेको देखिन्छ । एच.टि.भि. नमोबुद्धबाट सार्वजनिक गरिएको उक्त गीतको शुटिङ रिपोर्टमा नायक तथा निर्देशक अमिर दोङले निर्देशन मात्र होईन कोरीयोग्राफीमा समेत आफै खटेर चर्को घामको बावजुत पनि निक्कै कष्ट गरेर नव कलाकार सिशम गोले तामाङ लाई गोपाल सोनाम संगै तामाङ गोईलो र डम्फुको तालमा नचाउने प्रयास गरेको दृश्य शुटिङ रिपोर्टको भिडियामा प्रष्टै देखिएको छ ।

छायंकन सम्पन्न भएर भिडियो सम्पादनको क्रममा रहेको र यस गीतको भिडियोलाई छिट्टै गायक गोपाल सोनाम तामाङको आफ्नै युट्युव च्यानल Gopal Sonam Official मार्फ सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले नमोबुद्ध न्युजलाई जानकारी दिएको छ ।

भिडियोको शुटिङ रिपोर्ट हेर्नुहोस……

प्रतिकृया दिनुहोस

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्