28.1 C
Kathmandu

ब्रेकिङ समाचारकोविड १९ का कारण रसुवाको गोसाईंकुण्डमा लाग्ने जनैपूर्णिमा मेला स्थगित

कोविड १९ का कारण रसुवाको गोसाईंकुण्डमा लाग्ने जनैपूर्णिमा मेला स्थगित

११ श्रावण २०७७,छेडुप तामाङ
काठमाडौं
–कोभिड (१९ का कारण नेपालका विभिन्न मौलिक धार्मिक, सास्कृतिक क्षेत्र सङ्गै प्रत्येक बर्ष जनैपुर्णिमा मा लाग्ने गोसाइँकुण्ड मेलामा समेत प्रत्यक्ष असर परेको छ।

विश्व कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्न गत २०७६ साल चैत्र ११ गते देखि देशै भरी सवारी साधन,मेला महोत्सव,पार्टी,सभा सम्मेलन , धार्मिक, पर्यटकिय, शैक्षिक क्षेत्र लगाएत सार्बजनिक रुपमा हिडडुल गर्न समेत रोक लगाईएको थियो।गत साउन ७ गतेदेखी सरकारले तोकिएको लकडाउन सकिएको घोषणा गरेता पनि मेला महोत्सव,बिद्यालय ,बिश्वबिद्धालय गोष्ठी संचालन लगाएतका कार्यहरु अर्को सुचना नआउन्जेल सम्म बन्द गरिएको छ भने लामो दुरिका सार्बजनिक यातायात र अन्तर्राष्ट्रिय उडानहरु आगामी भदौ १ गते संचालन गरिने र एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा हाललाई पनि स्वारी पास यथावत कायम रहेको हुँदा यहि साउन १० गते देखि १९ गते सम्म संचालन हुने गोसाइँकुण्ड मेला स्थगित भएको छ।

प्राकृतिक बिपद, धुन्चे देखि गोसाइँकुण्ड सम्मका स्थायी होटलहरु पुर्ण ब्यबस्थित नहुनु,अस्थायी थर्पु व्यबसायिहरु संचालन र ब्यबस्थापन गर्न समयको आभाव हुनु,बाढी पहिरोको कारण तिर्थ यात्रीहरुलाई उच्च जोखिमपुर्ण यात्रा हुनुका साथै यो जिल्लालाई कोरोनामुक्त जिल्ला पुनस् स्थापन गराउनुका लागि गोसाइँकुण्डमा हुने सम्पुर्ण कार्यहरु बन्द गरिएको कुरा गोसाइँकुण्ड क्षेत्र बिकास समितिका अध्यक्ष संजीव डि एम द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

गोसाईंकुण्ड दर्शन ग़रे पछि मानिसको मृत्यु भएपछि सोझै स्वर्ग जाने जनबिस्वासका साथ सम्पुर्ण गरिएका पापहरुबाट मुक्त भैई मोक्ष प्राप्त गर्न छेमेकि मुलुक भारत लगाएत अन्य देशका आन्तरिक र बाह्य हिन्दु तथा बौद्ध धर्मलम्बीहरु हजारौको संख्यामा दर्शन गर्न आऊने गर्दछन १
हरेक बर्ष लाग्ने जनै पूर्णिमामा स्थानीय झाक्री९बोमबो ० हरु रसुवा ज़िल्लाका विभिन्न गाऊहरु तथा धादिंङ,नुवाकोट र सिंधुपाल्चोकका विभिन्न क्षेत्रबाट झाक्री तथा स्थानीय परम्परा अनुसारको नाचगान सहितको ठुलो मेला लाग़्ने गर्दछ।मेलामा लाखौ भक्तजनहरु उपस्थित भैई पुजा अर्चना गर्ने गरिन्छ जसले गर्दा धार्मिक जन बिस्वास र आर्थिक उन्नतिमा ठुलो भुमिका खेलेको छ।

कोभीड(१९ को नियन्त्रण अन्त्य पश्चात् सरोकारवाला स्थानिय तह,सरकारी तथा गैर संघ सस्थाहरु,संचार माध्याम,ब्यबसायी सस्थाहरुको सहकार्यमा गोसाइँकुण्ड धार्मिक तथा पर्यटन क्षेत्रको बृहत् प्रबर्द्धन संरक्षण गरि आगामी २०७८ को गङ्गा दशहरा र जनै पुर्णिमा मेला भब्य रुपमा संचालन गरिने जानकारी गराउदै पछिल्ला बर्षहरुमा ब्यबस्थापन लगाएत विभिन्न समयमा सहयोग पुर्याउने ज्ञात अज्ञात संघ सस्था बुद्धिजिबी व्यापारी लगाएत सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका छन भने कोभिड १९ को नियन्त्रणको लागि सबैले सरकारले तोकेको मापदण्ड प्रयोग गरि अगाडि बढ्न समेत आग्रह गरिएको छ।

रसुवा जिल्लामा रहेको अत्यन्तै आकर्षक सास्कृतिक र धार्मिक महत्व बोकेको यो क्षेत्रको समग्र बिकासको लागि बागमती प्रदेशका माननीय सांसद प्रभात लामाले ठूलो योगदान दिदै आएका छन।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्