17.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोना संक्रमणबाट नेपाली कांग्रेस उपसभापतिको मृत्यु

कोरोना संक्रमणबाट नेपाली कांग्रेस उपसभापतिको मृत्यु

०२ भाद्र २०७७
काठमाडौं
–नेपाली कांग्रेसका नवलपरासी उपसभापतिको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

कांग्रेस नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो। नवलपरासी सुस्ता निवासी ३८ वर्षीय गिरीको पाटन अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

गिरी कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा भर्ना भएका थिए । भेन्टिलेटरको सहायतामा उपचार भइरहेको गिरी गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्