21.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोनासंग जितेकी किशोरीको घरैमा पुगे मेयर, स्वास्थ्य संग सम्बन्धित पढाई र काममा...

कोरोनासंग जितेकी किशोरीको घरैमा पुगे मेयर, स्वास्थ्य संग सम्बन्धित पढाई र काममा लाग्न प्रेरित

१३ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–काभ्रेको धुलिखेल अस्पतालबाट कोरोनालाई जितेर घर फर्केकी नमोबुद्ध–५ की १७ वर्षीया किशोरीलाई भेट्न मेयर टि.पी. शर्मा तिमल्सिना किशोरीको घरमै पुगेका थए ।
बिहिवार नै धुलिखेल अस्पतालले डिस्चार्ज गरि घर पठाईएका ती किशोरी र उनका परिवारको साथै समुदायको अवस्था बुझ्नका लागि वडाअध्यक्ष बुद्धसिंह तामाङ सँगै मेयर शुक्रबार ती किशोरीको घरमा पुगेका थिए ।

उक्त भेटमा ती किशोरीले आफु यसरी कोरोनालाई जितेर सकुसल घर परिवारको साथमा आर्इ बस्न पाउदा र आफ्नै घरमा मेयर र वडाध्याक्ष लगायतका व्यक्ति हरुलाई स्वागत गर्न पाईएकोमा खुशी व्यक्त गर्दै भनिन् जब मलाई कोरोना पोजेटिभ देखियो तव वडाध्यक्ष, मेयर लगायत छिमेकी तथा आफन्तहरुले बारबार फोन गर्दै मलाई कोरोना भाइरस संग लड्नका लागी मनोबल बडाउने काम गर्नु भयो । सुरुवाती चरणमा कोरोना पोजेटिभ रहेको थाहा पाएपछि केही समय मनमा डर छाए पनि सबै जनाले दिएका हौसला सल्लाह सुझवले मलाई कोरोना संग जित्नका लागि पहिलो काम गरे । त्यस पछि अस्पतालमा मेरो स्वास्थ्योपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले म संग गर्ने व्यवहार र बोलीले मलाई अझ बढी हौसला मिल्यो र आज म कोरोना संग जित्न सफल भएं । छरछिमेक आफन्त घर परिवार सबैले रोग संग लड्न मेरो आत्मवल बढे पनि अस्पतालमा त्यत्ति लामो समयसम्म घर परिवार संग भेट्न नपाउंदा मनमा एक किसिमको पिडा पनि थियो । जसरी मैले त्यो किसिमका पिडा खेपे अरुले त्यस्तो दुःख र पिडा खेप्नु नपरोस् तसर्थ सबैजना कोरोना लाग्नु पुर्व नै सचेत र सजक रहनुहोला यदि कोरोना लागि हालेमा उच्च आत्मबलका साथ आफ्नो स्वास्थ्यको ख्याल गरेमा कोरोना संग जित्न सफल हुनेरहेछ जस्का लागि घर परिवार र समाजले गर्ने व्यवहारले पहिलो भुमिका खेल्दो रहेछ भन्ने कुरा बताइन् । ती किशोरीले त्यत्ति मात्र होइन दिनानुदिन सामाजिक सञ्जालमा स्वास्थ्यकर्मी लगायत कोरोना संक्रमितलाई उस्को घर परिवार र छिमेकिले दुव्र्यवहार गरेको खबरहरु आएकै कारण आज म तपाईहरु मार्फत आफ्नो नाम उमेर संगै मेरा आफ्ना भोगाइहरुरु समेत भिडियो मार्फत सार्वजनिक गर्न चाहेकी हुं ता की कोरोन संग लडि रहंदा मैले जत्ति पिडा खेपे त्यस्तो पिडा अरुले खेप्नु नपरोस । जसरी मेरा घर परिवार छर छिमेक र मेरा जनप्रतिनिधिले मलाई कोरोन संग जित्नका लागि अहम भुमिका खेले त्यसरी नै अन्य समुदायले पनि पाठ सिकुन भनेका थिए ।

आमा जस्ले ती नानीलाई जन्माइन हुर्काइन र पढाइन आफ्ना प्राण भन्दा प्यारी छोरीलाई कोरोना लागेको खबर पाउने बित्तिकै छोरी अब घर फर्केर आउने हुन कि होइनन भन्ने चिन्ताले रात दिन सताएको अवस्थामा वडाध्यक्ष लगायत अन्य छिमेकीहरुले घरमै आएर चिन्ता नलिन र छोरीलाई निको हुने कुरामा बिश्वस्थ तुल्याएर त्यो किसिमको पिडाबाट आफुलाई मुक्ति दिलाएकोमा जनप्रतिनिधि लगायत सम्पुर्ण छिमेकीलाई धन्यवाद व्यक्त गर्दै छोरी निको भएर घर आएकोमा खुशि व्यक्त गर्दै गह भरी आंशु झारीन् ।

उक्त भेटमा किशोरीका बुबाले आफ्ना व्यथा सुनउैदै भने जब छोरीलाई कोरोना पुष्टि भयो तब बेहोस जस्तै भएं । त्यो बेला वडाध्यक्ष, मेयर लगायतले फोन गरेर जुन किसिमको हौसला दिनु भयो मलाई जस्ले गर्दा आफुलाई सम्हाल्न सफल भएं । केही दिन पछि मेरो कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आए पश्चात छोरीलाई पनि अब केही हुंदैन छिट्टै निको हुन्छ भन्ने कुरामा बिश्वस्त भए अनुसार नै आज छोरी निको भएर घर आएको कुरा बताए ।

किशोरीको छिमेकी ७० वर्षिय बृद्धा बुवाले जुन किसिमले कोरोनाले महामारीको रुप लिईरहेको अवस्थालाई समुदायमा छिर्न नदिन अहिले सम्म वडा सफल रहेको बताउदै वडाले स्यानिटाइजर, माक्स, पन्जा मात्रै बाडेनन् प्राय जसो वडाध्यक्ष स्वयम् आफै बस्तिमा छिरेर कोरोना संग सचेतना जोगाउंदै आएको कुरा समेत बताए ।

यसै क्रममा वडा नं.५ का वडाध्यक्ष बुद्ध सिं तामाङले कोभिड १९ लाई समुदायमा फैलन नदिनका निम्ति ध्यान केद्रित हुंदाहुंदै समुदाय बाटै उपचारका निम्ति अस्पताल जाने क्रममा १७ बर्षिया नानीलाई कोरोना पोजिटिभ भएको खबरले अत्यन्तै दुखित तुल्याए पश्चात तत्काल संक्रमितको परिवार संग सम्पर्क गरि नानी संगै रहेको बुबालाई तत्काल नगरपालिका संग समन्वय गरि नगरकै क्वारेण्टाइनमा बस्ने व्यवस्था गरि स्वाब परिक्षणको तयारी गर्दै संक्रमितको घर आसपासका एरिया अघोषित रुपमा सिल गर्नका लागि समुदायबाट खेलेकोे भुमिका प्रति आभार प्रकट गर्दै अबका दिनहरुमा पनि समुदायमा कोरोन फैलन नदिनका लागी यसरी नै सहयोगको अपेक्षा गर्दै कोरोना निको भएर आएकी किशोरीको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । संक्रमित अवस्थामा कोरोना संग उच्च मनोबलका साथ लड्दै अन्तत जित हांसिल गरेकोमा खुशी व्यक्त गर्दै नानीले समुदायमा कोरोना प्रतिको अनावश्यक डर त्रासलाई चिर्दै सकरात्मक सन्देश दिएको कुरा समेत व्यक्त गरे ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टि.पी. शर्मा तिमल्सिनाले कोरोना संग जित्न सफल ती नानीलाई दोसल्ला,फुलको गच्छा संगै मायाको चिनो दिदै अत्यन्त भावुक हुंदै अबको बांकी समय स्वास्थ्य संग सम्बन्धित पढाई र काममा लाग्न प्रेरित गरेका थिए । नानीले जुन आत्मविश्वासका साथ कोरोना संग जितेर घर फर्के संगै सिंगो नगरवासीको मात्र नभई स्वयम मेयर आफ्नै पनि मनोबल उच्च बनाएको कुरा व्यक्त गरेका थिए । घरपरिवारको आर्थिक अवस्था समेत कमजोर भएकै कारण अफ्नो जन्मदिनको अवसरमा नानीको स्नातक तहसम्मको शिक्षाका लागि व्यक्तिगत रुपमै खर्च गरिदिने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्