17.1 C
Kathmandu

ब्रेकिङ समाचारकोरोनाले लियो एकै दिनमा ११ जनाको ज्यान,मृत्यु हुनेको संख्या १३७ पुग्यो

कोरोनाले लियो एकै दिनमा ११ जनाको ज्यान,मृत्यु हुनेको संख्या १३७ पुग्यो

०५ भाद्र २०७७
काठमाडौं
–पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

शुक्रबार मृत्यु हुनेमा एक महिला र दश पुरुष रहेका छन् । यो सँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्