20.1 C
Kathmandu

अर्थतन्त्रकोभिड–१९ महामारीका कारण लघुवित्तको खराब कर्जा ४५ अर्ब पुग्यो

कोभिड–१९ महामारीका कारण लघुवित्तको खराब कर्जा ४५ अर्ब पुग्यो

१२ मंसिर २०७७
काठमाडौ-लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ३५ प्रतिशतले बढेको छ ।

कोभिड–१९ महामारीका कारण लघुवित्तबाट ऋण लिएका सर्वसाधारणले समयमै तिर्न नसकेपछि खराब कर्जा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ चैतसम्ममा लघुवित्त संस्थाहरूको ३३ अर्ब २९ करोड खराब कर्जा रहेकोमा २०७७ असारसम्ममा आइपुग्दा ४५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

चैतसम्ममा लघुवित्तबाट ऋण लिएका सर्वसाधारणमध्ये ५ लाख ९४ हजार ऋणीले कर्जा समयमै चुक्ता गर्न नसकी भाका नघाएका थिए भने तीन महिनामा यो संख्या करिब दोब्बर वृद्धि भई असारसम्ममा आइपुग्दा समयमै ऋण तिर्न नसक्नेको संख्या ९ लाख ८१ हजार पुगेको छ । यसरी लघुवित्त संस्थाहरूको कुल खराब कर्जा करिब एक प्रतिशत अंकले बृद्धि भएको छ । चैतसम्ममा लघुवित्तको कुल खराब कर्जा २.५० प्रतिशत रहेकोमा असारमा यो बृद्धि भई ३.३२ प्रतिशत पुगेको हो ।

कोभिड संक्रमण फैलिन नदिन सरकारले चैतदेखि लकडाउन, निषेधाज्ञा गरेपछि व्यवसायमा प्रभाव परेकाले लघुवित्तका सदस्यहरू ऋण तिर्ने क्षमता कमजोर भएको हो । लघुवित्तलाई थोक कर्जा उपलब्ध गराउदै आएको सेन्टर फर माइक्रोफाइनान्स नेपाल (सीएमएफ) ले गरेको अध्ययनमा समेत कोभिड–१९ को महामारीका कारण लघुवित्तबाट ऋण लिएका ६८ प्रतिशत ऋणी कर्जा तिर्न नसक्ने नसक्ने अवस्थामा पुगेको सार्वजनिक भएको थियो । ग्रामीण क्षेत्रका ६३.८२ प्रतिशत र सहरी क्षेत्रका ६८.६३ प्रतिशत ऋणीलाई कर्जा तिर्न समस्या भएको प्रतिवेदनले औंल्याएको छ ।

यसैगरी ग्रामीण भेगका २२.६६ प्रतिशत सदस्यले ऋण तिर्न आंशीक कठिनाइ भएको र १३.५३ प्रतिशत ऋणीलाई भुक्तानीमा समस्या नभएको उल्लेख गरेका छन् । सहरी भेगका २१.४७ प्रतिशतलाई ऋण भुक्तानीमा आंशिक र ९.८९ प्रतिशतलाई समस्या नभएको प्रतिवेदनले औल्याएको छ ।
हाल राष्ट्र बैंक बैंकबाट लाइसेन्स लिएर ८१ लघुवित्त संस्थाहरू सचालनमा रहेका छन् । गत वर्षसम्म यी संस्थाहरूले ४६ लाख ८६ हजार सर्वसाधारणलाई वित्तीय सेवा दिएका छन् । यी संस्थाहरूले १० लाख ३९ हजार समूह बनाएर १३ खर्व ५३ अर्व ऋण लगानी गरेका छन् ।
बैंकको पहुँच नपुगेका सर्वसाधारणलाई वित्तीय पहुँच पु-याउन सुरु गरिएको लघुवित्तबाट ऋण लिएर सर्वसाधारणले व्यापार, स्वरोजगार व्यवसाय, कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी गरेका छन् ।

कोभिडको महामारीका कारण लघुवित्त सदस्यले लगानी गरेको व्यवसाय नचल्दा खराब कर्जा वृद्धि भएको सीएमएफका अध्यक्ष रेवतबहादुर कार्की वताए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्