28.1 C
Kathmandu

ब्रेकिङ समाचारकृषकलाई बोयर जातको बोका निशुल्क बितरण गरे नमोबुद्ध नगरले

कृषकलाई बोयर जातको बोका निशुल्क बितरण गरे नमोबुद्ध नगरले

१७ असार २०७७, काठमाडौ- काभ्रेको नमोबुद्ध नगरपालिकाले ११ वटै वडाका कृषकलाई बोयर जातको बोका बितरण गरेको नमोबुद्ध नगरपालिकाका कृषि तथा पशु विभागका संयोजक मेल बहादुर तामाङ्ले बताएको हो। हिजो एक कार्यक्रम गरि प्रत्यक वडाका १/१ जना कृषकलाई बोयर जातको बोका निशुल्क रुपमा वितरण गरेको हो ।

बाख्रा पालनलाई व्यबसायिक रुपमा अगाडि बढ्नका निमित्त कृषकलाई प्रोत्साहन स्वरुप बोयर जातको बोका वितरण गरेको हो । २८ किलो देखि ३८ किलो सम्मको तौल भएको बोका ठूलो सानो गरि ११ वटा वडाका करिषकलाई गोलाप्रथा मार्फत छान्न लगाएको थियो। बोका बुझिलिने कृषकले १ वर्ष देखि १८ महिना भित्र बोका उत्पादन गरि १/१ वटा बोका सम्बन्धित वडालाई बुझाउनु पर्ने र निकट भविष्यमै नमोबुद्ध नगरपालिकामा एक घर एक बोयर जातको बोकाको व्यवस्था गर्ने संयोजक तामाङले बताउनुभयो । उहाँको अनुसार ११ लाख भन्दा बढी रकम खर्चेर चितवनबाट खरिद गरि ल्याएका बोयर जातको सबै बोकाको बिमा समेत गरेको छ । उहाँले आगामी दिनहरुमा पनि कृषकहरुलाई व्यबसायिक रुपमा कृषि तथा पशुपालनमा लाग्न उत्प्रेरित गरिरहने जनाउनु भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्