18.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा हत्या गरि फालिएको पुरुषको शब पहिचान भयो

काभ्रेमा हत्या गरि फालिएको पुरुषको शब पहिचान भयो

१५ श्रावण २०७७, छेडुप तामाङ
काठमाडौं
–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका र पांचखाल नगरपालिकाको सिमा क्षेत्र बेला डांडामा बिहिवार हत्या गरि फालिएको लाशको पहिचान भएको छ । मुतकको साथमा मोबाइल रहेको हुंदा लाश फेला परेको केही समयमा नै प्रहरीले सो लाशको पहिचान गराउन सफल भएको हो ।

अनुहार लगायत शरीरको अन्य भागमा समेत चोटपटक लागेको अवस्थामा फेला परेको लाश धुलिखेल नगरपालिका वडा नं.११ का ५४ बार्षिय कामी सिं तामाङको रहेको पुष्टि भएको छ । मृतक लामा घर परिवार संगै सामान्य खेती किसान गर्दै आएको हुंदा अहिले सम्म त्यसरी ज्यानै लिनु पर्ने सम्म दुश्मनि कोही कसै संग नरहेको मृतकको पारिवारिक श्रोतबाट जानकारी आएको छ । यद्यपि जिल्ला प्रहरी कार्यलयले हत्यामा संलग्नलाई पत्ता लगाउन प्रारम्भिक अनुसन्धान थालिएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्