17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा टिपरको ठक्करबाट २ जना कर्मचारीको मृत्यु

काभ्रेमा टिपरको ठक्करबाट २ जना कर्मचारीको मृत्यु

१७ असार २०७७
धुलिखेल ।
काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीमा पिटरले मोटर साईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घट्नामा परि मोटरसाइकलमा सवारी दुई दाजुभाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा वन रक्षक ५० बर्षिय बेदप्रसाद कोईराला र उनका दाई ५५ बर्षिय गोर्बद्धन कोईराला रहेका छन् । दुवैजनाको घटनास्थलमै भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बेदप्रसाद कोईराला सब डिभिजन बन कार्यालय कटुञ्जे रोशीमा वन रक्षकको रुपमा कार्यरत रहेका थिए ।

बनेपाबाट रविओपी जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाईकललाई बा ४ छ ६३८६ नम्बरको टिपरले ढुँडामुखमा ठक्कर दिएको थियो । ठक्करपछि टिपर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्