17.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेमा आज २९ जनामा कारोना संक्रमण पुष्टि, धुलिखेलमा मात्र २५ जना संक्रमित

काभ्रेमा आज २९ जनामा कारोना संक्रमण पुष्टि, धुलिखेलमा मात्र २५ जना संक्रमित

२४ भदौ २०७७
धुलिखेल ।
काभ्रेमा आज (बुधबार) २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज धुलिखेल नगरपालिकामा मात्र २५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाका अनुसार आज पुष्टि भएको संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १७ जना महिला र ८ जना पुरुष, बनेपा नगरपालिका १ जना महिला र पनौती नगरपालिकाका ३ पुरुष रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ६३ पुगेको छ । जसमा महिला १ सय ४० जना र पुरुष २ सय २३ जना रहेका छन् । निको भैसकेका संख्या जम्मा १ सय ७४ रहेका छन् । जसमा महिला ६४ जना र पुरुष १ सय १० जना रहेका छन् ।
त्यसैगरि काभ्रेमा सक्रिय संक्रमित संख्या १ सय ८७ जना रहेका छन् । जसमा महिला ७५ जना र पुरुष १ सय १२ जना रहेका छन् । सक्रिय संक्रमितहरु मध्य १ सय ५७ जना अस्पतालको आइसोलेशनमा र ३० जना होम आइसोलेशनमा रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्