26.1 C
Kathmandu

ब्रेकिङ समाचारकाभ्रेको धुलिखेलमामा आपतकालीन गोदाम घर निर्माण

काभ्रेको धुलिखेलमामा आपतकालीन गोदाम घर निर्माण

२८ भाद्र २०७८

काठमाडौ । काभ्रेको धुलिखेलमा प्रदेशस्तरीय आपतकालीन गोदाम घरको स्थापना गरिएको छ । विपतका समयामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा गोदाम घर (वेयर हाउस) निर्माण भएको छ ।

बागमती प्रदेशका विभिन्न जिल्लामा विपतका समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

उक्त गोदाम घर प्रदेश सरकारको रु ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको हो । घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । विपतमा खोज तथा उद्धार गर्ने सबै प्रकारका सामग्री राखिने र यो व्यवस्थापनले पीडितलाई राहत पुग्ने अपेक्षा उनले गरेका छन् ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो । प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्