30.1 C
Kathmandu

ब्रेकिङ समाचारकानपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो साधारण सभा सम्पन्न

कानपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो साधारण सभा सम्पन्न

२६ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.५ स्थित कानपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौंथो साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भिम कुमार मैनालीको अध्यक्षता र नमोबुद्ध नगरपालिका वडा नं.५ का वडाध्यक्ष बुद्ध सिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभामा स्थानीय नेताहरु डुप्साङ लामा, सिंह बहादुर लामा, बुद्ध सिं लामा लगायत अन्य बुद्धिजिवीहरुको साथै वडा नं.५ का स्थानीयहरुको बाक्लो उपस्थिति रहेका थिए ।

समितिले बिगत ९/१० बर्ष देखी रोशी खोला र घोसे क्यौरानी खोलाको पानी लिफ्टिीङ गरि साबिकको कानपुर कालापानी गा.वि.स.वडा नं. १,२,३,४,५ नं.वडा र मेथिनकोट गा.वि.स.का केही बस्तिहरुलाई समेत खाने पानी उपभोग गराउंदै आएका थिए । रोशी खोला देखी घोसे क्यौरानी हुंदै कानपुर डांडासम्म खाने पानी उपलब्ध गराउन हाल छ वडा पम्प(मेशिन) प्रयोग हुंदै आएको छ ।

शुक्रवार सम्पन्न बार्षिक साधारण सभाले भीमकुमार मैनालीको अध्यक्षतामा नयां कार्य समिति समेत चयन गरेको छ । समितिमा उपाध्यक्ष माधव पौडेल, सचिव रामहरि पौडेल, सहसचिव ङेमा तामाङ, कोषाध्यक्ष भवानी उप्रेती, सदस्यहरू केदार मैनाली, लीला लामा, मन्दिरा खरेल, प्रभा पौडेल, सञ्चमाया तामाङ र उद्धव पौडेल रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष बुद्ध सिं तामाङले नव गठित समितिको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कानपुरका सबै बस्तिलाई समेट्न नसके पनि केही बस्तिहरुमा खानेपानीको समस्या समाधानमा समितिले खेलेको भुमिकाप्रति सम्मान व्यक्त गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्