23.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काठमाडौमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२१ मंसिर २०७८,
काठमाडौ
। काठमाडौं कोटेश्वरमा रोकि राखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान २ बजेतिर ठोक्किएको प्रहरीले बताएका छन् ।

उक्त दुर्घटमा परि मृत्य हुनेमा भक्तपुर ठिमीका ३५ बर्षका सुरज खला रहेको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्