24.1 C
Kathmandu

ब्रेकिङ समाचारकाठमाडौं मेडिकल अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु

काठमाडौं मेडिकल अस्पतालको तेस्रो तलाबाट हाम्फालेका युवाको मृत्यु

०३ कार्तिक २०७७
काठमाडौ
–काठमाडौं मेडिकल कलेजबाट हाम्फालेका एक युवाको मृत्यु भएको छ। अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान ८:४५ मा हाम्फालेका २६ वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोले हातखुट्टा पोलेर उपचारका लागि केएमसीमा ल्याइएको उनी कुरुवा बसेकी आमा औषधी किन्न गएका बेला झ्यालबाट हाम्फालेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठिक थिएन। सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे। उनले आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका थिए।

काठमाडौं मेडिकल अस्पतालको तेस्रो तलाबाट हाम्फालेका पछि गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्