19.1 C
Kathmandu

ब्रेकिङ समाचारकर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

कर्णालीको सत्ता कांग्रेसलाई हस्तान्तरण नगर्ने माओवादीको निर्णय

७ कार्तिक २०७८
काठमाडौ
। नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न प्रदेश कार्यालयको विस्तारित बैठकले महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेको हो ।

‘शुक्रबारदेखि शुरु भएको विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । यो सरकारले राम्रो काम गरेको छ, प्रदेशमा स्थायित्व कायम गर्दै पाँचै वर्ष यही सरकारलाई नै निरन्तरता दिने निर्णय भएको छ, बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बेला गत वैशाख २ गते नेपाली कांग्रेस, माओवादी र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह (हालको एकीकृत समाजवादी) बीच ११ बुँदे सहमति भएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्