22.1 C
Kathmandu

ब्रेकिङ समाचारएकै दिनमा उपत्यका भित्र थपिए ९२ जना कोरोना संक्रमित

एकै दिनमा उपत्यका भित्र थपिए ९२ जना कोरोना संक्रमित

२५ श्रावण २०७७
काठमाडौं–आज काठमाडौं उपत्यकामा थप ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै उपत्यका भित्र ९२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

आईतवार संक्रमितमध्ये काठमाडौंका ९० र ललितपुरका २ जना हुन्। आज देशभर तिन सय असि जना संक्रमित थपिएका छन्। उपत्यकामा लकडाउन खुकुलो गरे पश्चात दिनानुदिन संक्रमितको संख्या बढिरहेका छन् । यद्यपि कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपत्यका भित्र नेपाल सारकारले सट डाउन जस्ता विभिन्न उपायहरु अवलम्बन गरेका छन् । तर संक्रमणको संख्या भने दैनिक रुपमा बढिरहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्