30.1 C
Kathmandu

ब्रेकिङ समाचारइराक कुर्दिस्तानमा छायांकन गरिएको नेपाली प्रेम गित 'चन्चले चन्चल' सार्वजनिक (भिडियो सहित)

इराक कुर्दिस्तानमा छायांकन गरिएको नेपाली प्रेम गित ‘चन्चले चन्चल’ सार्वजनिक (भिडियो सहित)

८ पौष २०७७/छेडुप तामाङ
काठमाडौ–इराक कुर्दिस्तानमा छायांकन गरिएको नेपाली प्रेम गित ‘चन्चले चन्चल’ आज (भिडियो सहित) Youtube मा सार्वजनिक गरिएको छ । बिनिता भण्डारीको शब्द रचना रहेको यस गीतमा स्वर प्रताप दास र शिला यम्दाङको रहेको छ भने संगीत अनिल शाहिको रहेको छ ।

भेष गुरुङको निर्देशनमा बनेको यस गितको म्युजिक भिडियोमा आर्यन मोक्तान र सिम्रन तामाङको अभिनय रहेको छ । चञ्चले चन्चल को सम्पुर्ण दृश्य छायांकन इराक कुर्दिस्तानको सुलेमानीमा रहेका मनोरम स्थलहरुमा गरिएको हो। भिडियोमा कुर्दिसका स्थानिय पोशाकलाई पनि समावेश गरिएको छ। भेष गुरुङले कुर्दिस्तानमा दोस्रो पटक ‘चन्चले चन्चल’ म्युजिक भिडियोको छायांकन तथा निर्देशन गरेका हुन।

माया प्रेमसंग सम्बन्धित यो गितमा प्रेमी प्रेमीका बिचको प्रेम लिलाको साथै एकले अर्कोको माया र आनी–बानीको समेत प्रेम शैलीमा व्यक्त गरेको पाईन्छ ।

म्युजिक भिडियोमा आर्यन मोक्तान र सिम्रन तामाङ रोमान्टिक अभिनयका साथै सुलेमानीको मनोरम दृश्यहरु हेर्न पाइनेछ। ‘चन्चले चन्चल’ को भिडियो क्लिप सार्बजानिक हुनु भन्दा अगावै धेरै भनदा धेरै टिकटक युजरहरुले टिकटक बनाइसकेको हुँदा यो गितले राम्रो सफलता पाउने कुरामामा सिंगो टिम नै ढुक्क रहेको कुरा व्यक्त गर्नुका साथै दर्शकहरुलाई एक पटक भिडियो हेरेर प्रतिक्रिया दिनुहुन अनुरोधसमेत गरेका छन ।

गित Nepalese Sing Together Youtube Channel मा हेर्न सकिनेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्