20.1 C
Kathmandu

ब्रेकिङ समाचारअमेरिकालाई एमसीसी फिर्ता लिन बामदेव गौतमको आग्रह

अमेरिकालाई एमसीसी फिर्ता लिन बामदेव गौतमको आग्रह

२४ कार्तिक २०७८

काठमाडौ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले एमसीसी परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् ।

एमसीसी परियोजनालाई लिएर नेपाली जनमत विभाजित भएको र तत्काल यो संसदबाट अनुमोदन हुन नसक्ने भन्दै गौतमले परियोजना फिर्ता लिन माग गरेका छन् ।

बुधवार विज्ञप्तिमार्फत गौतमले नेपालको संसद र सरकार जटिल अवस्थामा रहेको भन्दै यो सरकार र संसदवाट एमसीसी अनुमोदन हुन नसक्ने उल्लेख गर्दै यस्तो अवस्थामा नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न अनुरोध गरेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्