19.1 C
Kathmandu

ब्रेकिङ समाचारअब पुरानै अवस्थामा फर्किँदै हवाई क्षेत्र

अब पुरानै अवस्थामा फर्किँदै हवाई क्षेत्र

२३ मंसिर २०७७
काठमाडौ
–९ महिनापछि नेपालको नागरिक उड्डयन क्षेत्र पुरानै अवस्थामा फर्किने भएको छ । कोभिड–१९ को महामारीसँगै प्रतिबन्ध लाग्दै आएको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान अब पूर्ण रुपमा खुला हुने अवस्थामा पुगेको हो ।

अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धमध्ये अब नेपालबाट भारत र बंगलादेशबाट हुने उडानमा मात्रै प्रतिबन्ध मात्रै बाँकी छ । तर त्यो उडानलाई समेत पुनः सुरु गर्ने तयारी गरिएकोले हवाई क्षेत्र पूर्ण रुपमा खुला हुने अवस्थामा पुग्न लागेको हो ।

मन्त्रिपरिषद्को मंसिर १० गतेको बैठकले भारत र बंगलादेशमा नियमित उडान गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुमति दिएको छ । सो अनुमतिसँगै मन्त्रालयको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यी गन्तव्यको नियमित उडानका लागि प्रक्रिया थालिसकेको छ । अबको बढीमा १० दिनभित्र उडान सुरु भइसक्ने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘अहिले अरु सबै देशमा हुने उडान नियमित भइसकेको छ । भारत र बंगलादेशमा मात्रै बाँकी छ । त्यसलाई पनि खुला गर्ने तयारी सुरु भइसकेको छ,’ प्राधिकरणका प्रवक्ता क्षेत्रीले भने, ‘अबको बढीमा १० दिनभित्र उडान हुन थाल्छ । त्यसपछि खुला हुन बाँकी कुनै पनि क्षेत्र ठाउँ बाँकी छैन ।’

यी गन्तव्यमा यसअघि ५ वटा विमान कम्पनीले सेवा दिँदै आएका थिए । भारतमा नेपाल एयरलाइन्स, इन्डिगो, इन्डियन एयरलाइन्स, भिस्तारा एयरलाइन्सले नेपालमा उडान गर्दै आएका थिए । बंगलादेशबाट भने विमान बंगलाले नेपालमा सेवा दिँदै आएको थियो । यी ५ वटाबाहेक नेपाल आउने सबै विमानहरुले सेवा सुचारु गर्ने अनुमति पाइसकेका छन् । त्यसमध्ये भुटान र थाई एयरलाइन्सले बाहेक अरु सबैले नियमित रुपमा सेवा सुरु समेत गरिसकेका छन् । यी एयरलाइन्सले अनुमति पाएपछि नेपालमा उडानका लागि लाइसेन्स पाएका सबै अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले उडान गर्न पाउने अवस्थामा पुग्नेछन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्