23.1 C
Kathmandu

ब्रेकिङ समाचारअधिवेशनको मुखैमा काँग्रेस काभ्रेमा पहिरो, ९९ जना कार्यकर्ता नेकपामा प्रवेश (भिडियो...

अधिवेशनको मुखैमा काँग्रेस काभ्रेमा पहिरो, ९९ जना कार्यकर्ता नेकपामा प्रवेश (भिडियो सहित)

३१ श्रावण २०७७
काभ्रे ।
नेपाली काँग्रेसका काभ्रे जिल्ला सभापति मधु अचार्यको गाउँबाटै १ सय भन्दा बढी काँग्रेस कार्यकर्ताहरुले विद्रोह गरेका छन् । नेपाली काँग्रेसले जनता र देशको पक्षमा केही गर्न नसकेको भन्दै आज उनीहरुले विद्रोह गरेको घोषणा गरेका हुन् ।
काँग्रेस कार्यकर्ता मानबहादुर तामाङको नेतृत्वमा विद्रोह गरेर उनीहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पूर्व मन्त्री तथा नेकपा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले सदस्यता वितरण गरेका थिए ।
काँग्रेस परित्याग गर्नेहरुमा सबैजसो युवाहरु रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री बाँस्कोटाले काँग्रेस परित्याग गर्नु वास्तविक क्रान्ति भएको बताए । काँग्रेस जस्तो यथास्थितिवादी पार्टी परित्या गरेर नेकपामा प्रवेस गरेर युवाहरुले एउटा क्रान्ति सम्पन्न गरेको उनको तर्क थियो ।
‘नेपाली काँग्रेसको जिल्ला सभापतिको गाउँबाट यतिका साथीहरुले विद्रेह गरेर नेकपामा प्रवेश हुनु

वास्तविक क्रान्ति हो । परिवर्तनलाई आत्मसात गर्नुभएको छ ।’ बाँसकोटाले भने, ‘वल्थलीमा काँग्रेसले जितेकोले बजेटको दुरुपयोग भएको छ । अनियमितताले सिमा नाघेको छ । उसले गरेको अनियमितताको विरुद्ध विद्रोह हो यो ।’

अर्को प्रसंगमा जिल्ला इन्चार्ज समेत रहेका पूर्व मन्त्री बाँस्कोटाले आफूलाई भ्रष्टचारको आरोप लगाउने वित्तिकै आफूले पदबाट राजीनामा दिएको बताउँदै वडा अध्यक्षमा त्यो हिम्मत नभएको बताए ।
‘भ्रस्टाचार गर्न यो धार्तिमा म आमाको कोखबाट जन्मेको होइन । माटो छोएर भन्छु, नैतिक प्रश्न उठेको हिसाबले मैले राजीनामा दिएको हो ।’ बाँस्कोटाले भने, ‘मैले जस्तै कृपया वडा अध्यक्ष नैतिकताको आधारमा राजीनामा दिनु त ।’ वडा अध्यक्षले पोखरी खन्न नि बजेट पुर्न नि बजेटको व्यवस्था गरेको उनले आरोप लगाए ।

यसैबीच पनौती नगरपालिका वडा नं. ११ का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले भ्रष्टचार मौलाएकोले आफूहरुले काँग्रेस परित्याग गर्नुपर्ने बाध्यता भएको नवप्रवेशीहरुको नेतृत्व गर्ने मानबहादुर तामाङले बताए । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको नाममा जनतालाई दिग्भ्रमित बनाएकोले हामी काँग्रेसमा रहन सकेनौं ।’ तामाङले भने, ‘विकास योजनाहरुमा व्यापक भ्रष्टचार भएको छ । वडा अध्यक्षले उपभोक्ता समितिमा समेत आफ्नो खल्तीका मान्छे राख्ने गरेका छन् ।’

बाँकी रहेका युवाहरुलाई समेत काँग्रेस परित्याग गरि नेकपामा प्रवेश गर्न उनले अनुरोध गरे ।
काँग्रेस परित्याग गर्नेहरुमा मानबहादुर तामाङ, जेठकाजी तामाङ, राम स्याङतान, कमल तामाङ, विजय तामाङ, जगत तामाङ, विक्रम तामाङ, ठूला तामाङ, पर्मो तामाङ, अविन तामाङ, अश्विन तामाङ, आकास तामाङ, राज तामाङ, युवराज तामाङ, सुवस तामाङ, उमेश रुम्बा, सञ्जीव तामाङ, श्याम तामाङ, मिलन वाइबा, मंगल तामाङ, अनिल तामाङ, हरि तामाङ, आरएन तामाङ, मिलन ब्लोन, विशाल तामाङ, गगन थापा लगायतका रहेका छन् ।

कार्यक्रममा नेकपा वागमती प्रदेश कमिटी सदस्य रामहरि सुवेदी, वागमती प्रदेश सभा सदस्य बसुन्धारा हुँमागाईं, पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, उप–प्रमुख गिता बञ्जारा, नेकपा काभ्रेका जिल्ला सदस्य दैवलाल घिसिङ, शान्ता न्यौपाने, नेकपा नेताहरु कुमार थापा, सुरेश हुमागाईं, राष्ट्रिय युवासंघका नेता सागर लामा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अतिथिहरुमा राष्ट्रिय युवा संघका जिल्ला सदस्य उमेश लामा, स्थानीय पार्टीका नेताहरुको सहभागीता रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्